Franz Kafka’s seminal tale of transformation, reimagined in an illustrated Nepali edition. Author introduction and translation by Ram C. Khatri.
मेटामोर्फसिस
काफ्का भनेको 'द मेटामोर्फसिस', 'द मेटामोर्फसिस' भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाको यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । यसको नेपालीमा अनुवाद सहज र सुरूचिपूर्ण रूपमा गरिएको छ ।
— सरूभक्त, बेस्टसेलिङ्ग लेखक
फ्रान्ज काफ्काको बहुचर्चित उपन्यासिकको 'स्याम्पल च्याप्टर' डाउनलोड गरेर पढ्न सक्नुहुनेछ । आकर्षक चित्रसहितको अन्तर्राष्ट्रिय संस्करण बजारमा उपलब्ध छ।
Claim Your Illustrated Excerpt For FREE and Get Updates!
अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्चात् उसले आफ्नो ‘घुमुवा विक्रेता’ पेशालाई निरन्तरता दिन सक्दैन । एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ । फ्रान्ज काफ्काको ‘द मेटामोर्फसिस’ विश्वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।